USAID

बुख्याँचा ठड्याउँदै, कोरोना भगाउँदै !


देचो । अहिलेसम्म कहिल्यै पनि मास्क नलगाएर र सामाजिक दूरी नियम पालना नगरी कोरोना भाइरसलाई बेवास्ता गर्दै आएकी कम्बोडियाकी एक महिलाले खतरनाक भाइरस भगाउन भनेर आफैँले बनाएको बुख्याँचा प्रयोग गरिरहेको रोचक खबर सार्वजनिक भएको छ ।
एम चान नामकी ग्रामीण भेगकी ती महिलाले राजधानी नोमपेन्ह नजिकको कान्दाल प्रान्तस्थित आफ्नो घरको ढोकामा स्थानीय भाषामा ‘टिंग मोंग’ भनिने दुईवटा बुख्याँचा पहरेदारका रूपमा ठड्याएकी छन् ।
६४ वर्षीया चान यसरी बुख्याँचा राखेपछि घरमा कोरोना भाइरस छिर्न नसक्ने कुरामा विश्वस्त रहेको बताइएको छ । एक सय वर्षभन्दा पहिलेदेखि नै कम्बोडियाका गाउँहरूमा भूतप्रेत र रोग भगाउन यही परम्परा अपनाउने गरिएको समाजशास्त्रीहरू बताउँछन् । भाले र पोथी गरी दुईवटा बुख्याँचा बनाएकी चानले तिनीहरूले कोरोना भाइरसलाई भगाउने र आफ्ना परिवारका कोही पनि सदस्य संक्रमित नहुने ठोकुवा नै गरेकी छन् ।
उनले आफूलाई ती बुख्याँचाको जादूमा पूर्ण विश्वास रहेको पनि बताएकी छन् । विश्वमै कोरोना भाइरस कम संक्रमित हुने केही मुलुकमध्ये कम्बोडिया पनि पर्दछ । त्यहाँ अहिलेसम्म तीन सय सातजना संक्रमित भएका छन् । तर, कोरोनाको कारण अझैसम्म कसैले पनि ज्यान गुमाउनुपरेको छैन । यसै महिनाको शुरुमा कम्बोडियाको भ्रमणमा आएका हंगेरीका विदेशमन्त्री कोरोना पोजिटिभ भएको घटनापछि भने कम्बोडियालीहरू संक्रमित हुने भयले त्रसित हुन थालेका छन् ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *