नासाद्वारा आइरिस अन्तरिक्ष लक्ष्य बोक्ने बालकको प्रशंसा

 

 

लन्डन । अन्तरिक्ष मिसनमा सहभागी हुने आफ्नो सपना रहेको बताउने एकजना ६ वर्षीय आइरिस बालकले लाखौँ टेलिभिजन दर्शकहरूको मन जित्न सफल भएका छन् ।
‘एडम किंग’नामक ती बालकप्रति अमेरिकी राष्ट्रिय वायु तथा अन्तरिक्ष निकाय (नासा)को समेत ध्यानाकर्षण भएको छ । शुक्रबार प्रसारित आयरल्यान्डको चर्चित टेलिभिजन कार्यक्रम ‘दि लेट, लेट टोय सो’ मा उपस्थित भएका उनले आफू ठूलो भएपछि अन्तरिक्ष मिसन कन्ट्रोलका लागि काम गर्ने आफ्नो लक्ष्य रहेको बताएका थिए ।
शारीरिक रूपमा दुर्बल रहेका ती बालकलाई उक्त कार्यक्रम प्रसारणपछि अमेरिका तथा युरोपेली अन्तरिक्ष निकायहरूका उच्च दर्जाका अन्तरिक्ष यात्रीहरूले उनलाई सहयोग गर्ने वाचासहितका सन्देश पठाएका छन् ।
नासाले ट्विट गरेको छ, ‘एकदिन हाम्रो टोलमा सम्मिलित हुन चाहने यी बालकको हामी अधैर्य भएर प्रतीक्षा गरिरहेका छौँ ।’ आयरल्यान्डमा लामो समयदेखि सञ्चालनमा रहेको टेलिभिजनको यस कार्यक्रममा क्रिसमसको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रममा पाहुनाका रूपमा ल्याइएका थोरैमध्ये किङ पनि एक हुन् । काउन्टिकोर्क निवासी उनी आफ्नो क्यारियर महत्वाकांक्षाबारे यस्तो कुरा बताएर यस वर्षको सोकै स्टार बन्न सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *