भारतीय प्रधानमन्त्री मोदी विपक्षीप्रति आक्रामक

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विपक्षी दलहरुप्रति आक्रामक रूपमा प्रस्तुत भएका छन् । कृषिसम्वन्धी नयाँ कानुनलाई लिएर कृषकलाई विपक्षी दलले उचालेको प्रधानमन्त्री मोदीको आरोप छ । भारतमा केही समयदेखि किसानहरुले कृषिसम्वन्धी नयाँ कानुनप्रति असन्तुष्टि जनाउदै विरोध प्रदर्शन गर्दै आएका छन् ।

प्रदर्शनका लागि केन्द्रीय राजधानी नयाँ दिल्लीमा हजारौँ किसानहरु भेला भएलगत्तै प्रधानमन्त्री मोदी थप रुष्ट भएका छन् । किसानका उत्पादन बेचविखनसम्वन्धी नयाँ कानुनलाई प्रधानमन्त्री मोदीले भने ऐतिहासिक कानुनको संज्ञा दिएका छन् ।

मोदीले महत्व दिएको कानुनको विरुद्ध नै प्रदर्शन चर्किदै जानुको पछाडि विपक्षीहरुको हात रहेको उनको बुझाइ छ । वारणासीमा भएको एक कार्यक्रममा बोल्ने क्रममा प्रधानमन्त्री मोदीले समाजलाई नै भ्रमित पार्नेहरूबाट सतर्क हुनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *