काठमाडौंमा राजावादीहरुको प्रदर्शन

काठमाडौं । देशका प्रमुख शहरहरुमा शक्ति प्रदर्शन गर्दै आएका राजावादीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । उपत्यकाका बिभिन्न स्थानबाट काठमाडौंको माइतीघरमा भेला भएर उनीहरुले प्रदर्शन गरेका हुन् ।

राजावादीहरुले हिन्दू राष्ट्र र राजसंस्था फर्काउने नारासहित राष्ट्रिय झण्डा बोकेर प्रदर्शन गरेका थिए । राष्ट्रिय शक्ति नेपालको व्यानरमा राष्ट्रिय झण्डासहित उपस्थित भएका युवाहरुको समूहले गणतन्त्र र संघीय शासन व्यवस्थाविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

राजतन्त्र पुनस्र्थापना माग गर्दै उनीहरुले प्रर्दशन गरेका हुन् । उनीहरुले प्रमुख शहरहरु विराटनगर, नेपालगञ्ज, धनगढी, जनकपुरलगायतका शहरमा शक्ति प्रदर्शन गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *