लगानी, उत्पादन र रोजगारीमा केन्द्रित भएर अर्थतन्त्रलाई अगाडि बढाइने

  • 1
    Share

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानी, उत्पादन र रोजगारीमा केन्द्रित भएर अर्थतन्त्रलाई अगाडि बढाइने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (सेजन) को २३ औं वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले कोरोनाले नेपालको अर्थतन्त्रमा परेको असर न्यूनिकरणका लागि सरकारकासाथै निजी क्षेत्र पनि त्यत्तिकै सक्रिय रुपमा लाग्नुपर्ने उल्लेख गरे ।

मन्त्री पौडेलले आफू नीजि क्षेत्रसंगै सहकार्यका लागि आतुर रहेको बताए । उनले अर्थतन्त्रमा परेका असर न्यूनिकरण गरी आर्थिक पुनरुत्थानका लागि ल्याएको सरकारले कार्यक्रम पर्याप्त नभएपनि उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरी बढीभन्दा गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोरोनाका कारण आर्थिक क्षेत्रमा परेको असर न्युनिकरणका लागि सरकार तथा निजी क्षेत्र एक भएर अघि बढ्नुपर्ने धारणा राखे । कार्यक्रममा आर्थिक बिधामा कलम चलाउने पत्रकारहरुलाई पुरस्कृत गरिएको थियो ।

 


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *