महासंघको सदस्य मनोनयनमा विवाद : ढकाल र गोल्छा समूहबीच गुटगत विवाद सुरु

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघमा गुटगत विवाद सुरु भएको छ । कार्यकारिणी समितिको सपथ ग्रहणसँगै भएको पहिलो बैठकमै कार्यकारिणी समितिले मनोनित गर्नुपर्ने विशिष्ठ सदस्य, मानार्थ सदस्य र अन्य सदस्यहरुको मनोनयनका सम्बन्धमा विवाद देखिएको छ ।

पूर्व अध्यक्षबाट मनोनित हुने विशिष्ट सदस्यमा गोल्छा समूहले पशुपति मुरारकालाई मनोनित गर्न सिफारिस गरेको छ । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा पराजित भएका किशोर प्रधानलाई मानार्थ सदस्य बनाउन लागिएका बेला कोषध्यक्षको निर्वाचन तथा अन्य कार्यकारिणी सदस्यहरुको मनोनयनमा सहमति गर्ने कि मतदान गर्ने भन्ने सम्बन्धमा दुई पक्षबीचढकाल र गोल्छा समूहबीच विवाद भएको छ ।

नवनिर्वाचित कार्यकारिणी समितिमा बहुमत भएको गोल्छा समहूले समूहले सबै पदमा मतदान चाहिरहेको छ भने ढकाल समूह सहमतिका साथ अघि बढ्नुपर्ने पक्षमा देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *