USAID

चीनका रक्षामन्त्री वेई काठमाडौंमा


काठमाडौँ । चीनका रक्षामन्त्री वेई फेङहे आफ्नो एकदिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौं आइपुगेका छन् । वेई सुरुमा चिनियाँ राजदूतावासमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि उनी करिब २ बजे सैनिक मुख्यालय जंगी अड्डामा पुग्नेछन् ।

त्यहाँ उनलाई नेपाली सेनाले ‘गार्ड अफ अनर’ले सम्मान गर्नेछ । त्यसपछि वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । जंगी अड्डाको भेटघाट सकिएपछि वेईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुईपक्षीय भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीसँगको भेटपछि वेईले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *