चीनका रक्षामन्त्री वेई आज नेपाल आउँदै

काठमाडौँ । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हे आज नेपाल आउँदैछन् । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणको एक वर्षपछि अर्को उच्चस्तरीय भ्रमण हुन लागेको हो ।

भ्रमणका क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्रीलगायतसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी आज साँझ नै फर्किनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *