USAID

लिभरपुल बराबरीमा रोकियो


प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा साविक विजेता लिभरपुल बराबरीमा रोकिएको छ । शनिबार बेलुकी भएको खेलमा लिभरपुल ब्रिगटनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा भएको खेलमा ब्रिगटनले खेलको शुरुवातमै अग्रता लिने मौका गुमाएको थियो । लिभरपुलका डिफेन्डर विलियम्सले विपक्षी खेलाडीलाई पेनाल्टी क्षेत्रमा लडाएपछी पाएको पेनाल्टीमा नेल मौपे गोल गर्नबाट चुके । खेलको ६० औँ मिनेटमा मोहम्मद सलाहको गोलमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई खेलमा अगाडी बढाएका थिए ।

दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमामा ब्रिगटनले खेलको दोस्रो पेनाल्टी पायो । डिफेन्डर रोबर्टसनले वेल्बेकलाई फवल गरेपछि भिएआरले ब्रिगटनलाई पेनाल्टी दिएको थियो । सोही पेनाल्टीमा पास्कल ग्रोसले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको हो ।

बराबरीसँगै लिभरपुल १० खेलमा २१ अङ्क जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको टोटेन्हामलाई १ अङ्कले पछि पार्दै लिभरपुल शिर्ष स्थानमा उक्लिएको हो । टोटेन्हामले आइतबार चेल्सीको सामना गर्दै छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *