कांग्रेसले ९ लाख क्रियाशील सदस्यता पुर्याउने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता ९ लाख पु¥याउने गरी सदस्यता वितरणको काम अगाडि बढाएको छ । तीन जिल्लाबाहेक ७४ जिल्लामा क्रियाशील सदस्यता वितरणको काम अगाडि बढाइएको छ ।
समायोजनको काम सम्पन्न नभएकाले सिन्धुपाल्चोक, बारा र सिराहामा भने क्रियाशील सदस्यता वितरणको काम अगाडि बढ्न सकेको छैन् । यही फागुनमा तय गरिएको १४औं महाधिवेशनको लागि कांग्रेसले क्रियाशील सदस्यता वितरणको काम अगाडि बढाएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पौने ५ लाख क्रियाशील सदस्यताबाट बढाएर यसपटक ९ लाख पु¥याउने बताए । उनले भने– ‘क्रियाशील सदस्यता वितरणको काम अगाडि बढाएको छ, हाल कायम भएको दोरब्बरको संख्यामा सदस्यता वितरण गर्न पाइन्छ, यसपटक ९ लाख क्रियाशील सदस्य पुग्छन् ।’
पार्टीभित्र क्रियाशील सदस्यता वितरणको काम अगाडि बढेपछि केही जिल्लामा देखिएको विवादको समाधान गर्न उपसभापति विमलेन्द्र निधि संयोजक रहेको सांगठनिक संरचना समायोजन समितिले काम अगाडि बढाएको छ । कांग्रेसले १३औं महाधिवेशनमा रहेको करिब ५ लाख सदस्यतालाई दोब्बर बनाउने नीति लिएको छ ।
क्रियाशील सदस्यता वितरणको काम अगाडि बढाउने क्रममा राप्रपाबाट हालै कांग्रेस प्रवेश गरेर सह–महामन्त्रीमा मनोनित हुनुभएका सुनिलबहादुर थापासहित विभिन्न पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका करिब ५ हजार क्रियाशील सदस्यताको विवाद टुंगो लगाउन बाँकी रहेको छ ।
यही मंसिर मसान्तभित्र क्रियाशील सदस्यता वितरणको काम सम्पन्न गर्नुपर्ने कार्यतालिका कांग्रेसले तय गरेको छ । पार्टी केन्द्रले क्रियाशील सदस्यता वितरण गर्दा अनिवार्य रुपमा वडा समितिको भेला गर्नुपर्ने नीति बनाएको छ । कोरोनाको कारणले धकेलिँदै आएको कांग्रेसको क्रियाशील सदस्यता वितरणको काम पुनः अगाडि बढेको छ ।
क्रियाशील सदस्यता वितरणमा दुवै पक्षले आ–आफ्नो तयारी अगाडि बढाएको छ । क्रियाशील सदस्यबाट चुनिने प्रतिनिधिले आगामी महाधिवेशनमा नेतृत्व चयन गर्नेछ । क्रियाशील सदस्यता तिवरणमा पार्टी प्रवेश गर्नेहरुको नाममा सभापति शेरबहादुर देउवाले आफ्नो पक्षमा बढी सदस्यता तिवरण गर्न खोजेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आरोप लगाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *