नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गर्ने निर्धारित कार्यसूचि रहेको छ ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस अघिको बैठकमा एकल प्रस्ताव पेश गरेपछि त्यसको जवाफमा ओलीले पनि लिखित प्रस्ताव तयार पारहेका हुन् । यसकै लागि मंसिर ३ गतेपछि आजसम्मका लागि बैठक सारिएको थियो ।

प्रतिवेदनमा पार्टीभित्रको गतिरोधको निकासदेखि महाधिवेशसम्मका विषय समावेश गरिएको बताइएको छ । आजको बैठक पार्टीभित्रको विद्यमान विवाद समाधानमा केन्द्रित हुने बताइएको छ । ओलीले पार्टी तथा सरकार एकलौटी ढंगले सञ्चालन गरेको भन्दै प्रचण्डले एकल प्रस्ताव पेस गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *