विश्वमा ४ करोड २७ लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ४ करोड २७ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ९६ हजार ८ सय भन्दा बढी संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ४ करोड २७ लाख ८४ हजार ६८० जना संक्रमणमुक्त भएका हुन् ।

पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख १२ हजार ८ सय भन्दाबढी संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ६ करोड १९ लाख ८१ हजार २३० पुगेको छ। यस्तै, संक्रमितमध्ये अहिलेसम्म १४ लाख ४८ हजार ९२४ जनाको मृत्यु भएको छ ।

हाल विश्वभर १ करोड ७७ लाख ४७ हजार ६०८ जना उपचाररत छन् भने १ लाख ५ हजार २२४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १ करोड ३४ लाख ५४ हजार २ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई लाख ७१ हजार बढीको मृत्यु भएको छ भने ७९ लाख ४५ हजार भन्दा बढी निको भएका छन् ।

त्यसैगरी, भारतमा सक्रमितको संख्या ९३ लाख ५१ हजार २२४ पुगेको छ । संक्रमितमध्ये एक लाख ३६ हजार बढीको मृत्यु भइसकेको छ भने हालसम्म ८७ लाख ५८ हजार बढी निको भइसकेका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६२ लाख ३८ हजार नाघेको छ भने १ लाख ७१ हजार ९९८ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५५ लाख ३६ हजार भन्दा बढी निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *