नेकपा सचिवालय बैठक आज, पार्टीको भविष्य निर्धारण हुने

काठमाडौ । सत्तारुढ दल नेकपाको आज सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले आजको बैठकमा आफ्नो तर्फबाट प्रतिवेदन पेश गर्ने भएका छन ।
पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पेश गरेको गरेको राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएपछि पार्टी भित्रको बिवाद चरम उत्कर्षमा पुगेको छ ।
प्रधानमन्त्री ओली बिरुद्ध मार्चावन्दी गरेका पार्टीका अध्यक्ष प्रचण्ड सहित पूर्व प्रधानमन्त्री माधव नेपाल, झलनाथ खनाल लगायतका सचिवालय सदस्यहरुले प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउने रणनीतिमा लागेपछि बिवादले उग्र रुप लिएको छ ।
पार्टीका कार्यकर्ताहरु पार्टी बिभाजनको बिपक्षमा रहेका छन भने नेताहरु ब्यक्तिगत इगोका कारण पार्टी बिभाजनको तहमा समेत पुगेका छन । आजको बैठकमा प्रधानमन्त्री ओलीले पेश गर्ने राजनीतिक प्रतिवेदनले पार्टीको भविष्य निर्धारण गर्ने भएको छ ।
पार्टीका नेताहरुका कारण स्थानीय तहमा समेत कार्यकर्ता बिभाजित मनस्थितीमा पुगेका छन । उनीहरु अहिले पार्टीका छुट्टा छुट्टै भेला गर्ने र एकले अर्का बिरुद्ध सार्वजनिक अभिब्यक्ति दिने जस्ता काम गर्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *