सुडानका पूर्व प्रधानमन्त्री मेहदीको अन्त्येष्टि

खार्तूम । सुडानका पूर्व प्रधानमन्त्री तथा विपक्षी दलका वरिष्ठ नेता सादिक अल मेहदीको अन्त्येष्टि गरिएको छ ।

बिहीबार निधन भएका ८४ बर्षका मेहदीको शुक्रबार अन्त्येष्टि गरिएको हो । उनलाई अन्तिम विदाई गर्न उनका हजारौँ समर्थक शुक्रबार विहानैदेखि शव राखिएको ठाउँमा पुगेका थिए ।

नरमपन्थी इस्लामिक नेशनल उमा पार्टीका नेता समेत रहनु भएका मेहदीलाई तीन हप्ता पहिले सुडानमा कोभिड सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि यूनाइटेड अरब इमिरेट्स (युएई) पठाइएको थियो ।

उनको शव युएइबाट खर्तूम विमानमा ल्याएपछि सुडानी सैनिकहरुले विमानस्थलबाट लगेर अन्त्येष्टि गराएका थिए ।

उनी सुडानमा प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित अन्तिम प्रधानमन्त्री थिए । उनले सन् १९६६ देखि १९६७ सम्म र १९८६ देखि १९८९ सम्म प्रधानमन्त्रीको जिम्मेबारी निर्वाह गरेका थिए ।

केही महिना पहिले इस्लामिक धार्मिक समूहद्वारा समर्थन रहेको सैन्य विद्रोहमार्फत पदच्युत गरिएका तत्कालिन राष्ट्रपति ओमार अल बसिरले सन् १९८९ मा मेहदीलाई वर्खास्त गरेका थिए । त्यसपछि सुडानको राजनीतिमा प्रजातान्त्रिक मूल्य र मान्यताका लागि उहाँले निरन्तर आवाज उठाउँदै आएका थिए ।

मेहदीले बसिरको शासनकालमा एक सशक्त प्रतिपक्षी नेताका रूपमा सुडानमा प्रजातान्त्रिक राजनीतिक अभ्यासका लागि सङ्घर्ष गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *