शरणार्थीको कोरोना परीक्षण र उपचार नेपाली नागरिकसरह गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले विभिन्न देशबाट आएका शरणार्थीलाई कोभिड–१९ को पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले विभिन्न देशबाट आएर नेपालमा शरणार्थी भई बसेका नागरिकलाई शरणार्थी परिचयपत्रका आधारमा नेपाली नागरिकसरह कोभिड–१९ को पिसिआर परीक्षण र उपचार गर्न सम्बन्धित प्रदेश, स्थानीय तह, प्रयोगशाला र अस्पताललाई आग्रह गरेका हुन् ।

सरकारले कोभिड–१९ को लक्षण र चिह्न देखिएमा सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा परीक्षण र उपचार निःशुल्क गरेको छ ।

पालमा भूटानलगायत देशबाट शरणार्थीका रुपमा विदेशीहरु बस्दै आएका छन् । हालसम्म नेपालमा दुई लाख २७ हजार ६४० सङ्क्रमित, दुई लाख नौ हजार ४३५ जना निको र एक हजार ४१२ जनाको सङ्क्रमणबाट निधन भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *