USAID

लेस्चर सिटी र ब्रागाको रोमाञ्चक बराबरी

  • 1
    Share

प्रज्जवल थापा । खेलको अन्तिम मिनेटमा दुई गोल भएपछि युईएफए युरोपा लिगमा पोर्चुगिज क्लब ब्रागा र लेस्चर सिटीले रोमाञ्चक बराबरी खेलेका छन् । बराबरीका बाबजुत लेस्चर सिटी युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा ब्रागा लेस्चरसँग ३-३ गोलको बराबरीमा रोकिएको हो । इङलिस क्लब लेस्चर सिटीले खेलमा ३ पटक पछि परेको स्थितिमा बराबरी गरेको हो । ब्रागाको लागि एल मुस्राती, पौलिन्हो र फ्रान्सेर्जियोले समान एक-एक गोल गरे । यस्तै लेस्चरको लागि हार्भे बर्नेस, लुके थोमस र जेमि भार्डीले गोल गरे ।

खेलको चौथो मिनेटमै एल मुस्रातीले गोलपछि ब्रागाले खेलमा अग्रता लिएको थियो । नवौँ मिनेटमा हार्भे ब्रानेसले गोल गर्दै लेस्चरलाई बराबरीमा ल्याए । २४ औँ मिनेटमा रिकार्डो होर्ताको पासमा पौलिन्होले गोल गर्दा ब्रागाले फेरि खेलमा अग्रता लिएको थियो । ७९ औँ मिनेटमा जेम्स मेड्डिसनको पासमा लुके थोमसले गोल गर्दै लेस्चरलाई खेलमा फर्काएका थिए ।

९० औँ मिनेटमा वेन्डेरसन गलेनोको पासमा फ्रानसेर्जियोले गोल गर्दै ब्रागालाई जित नजिक पुर्याएका थिए । तर अतिरिक्त समयको चौथो मिनेटमा मार्क अल्ब्रागिटनको पासमा जेमि भर्डीले गोल गर्दै लेस्चरको हार टारेका थिए । बराबरीसँगै लेस्चर सिटी ४ खेलमा १० अङ्क जोड्दै अन्तिम ३२ मा प्रवेश गरेको छ । ७ अङ्को साथ दोस्रो स्थानमा रहेको ब्रागाले नकआउट चरण प्रवेशको लागि अर्को खेल कुर्नु पर्ने भएको छ ।


  • 1
    Share
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *