नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुर्याउन विदेश सचिव श्रृङ्गलालाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पुर्याउन भारतीय पक्षसँग आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले आफूसँग शिष्टाचार भेटका लागि आएका भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृङ्गलालाई बिहीबार साँझ राष्ट्रपति निवास शीतल निवासमा भेट दिँदै यस्तो आग्रह गरेकी हुन् ।

राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले द्विक्षीय आपसी हित र परस्पर सम्बन्धलाई थप गतिशील र उचाइमा लान राष्ट्रपतिले आग्रह गर्नुभएको जानकारी दिए आजै दुई मुलुकका परराष्ट्र सचिवस्तरीय प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *