USAID

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिव श्रृंगलाको भेट


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा दुई देशको आपसी हितकाबारेमा कुराकानी भएको बताइएको छ । बिहीबारै काठमाडौं आएका विदेश सचिव श्रृंगला आज दिउँसो परराष्ट्र सचिवस्तरको बैठकमा सहभागी भए । त्यसपछि उनले पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेका छन् ।

त्यसपछि उनले भारत सरकारका तर्फबाट दुई हजार थान कोरोना संक्रमितको उपचारका लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि प्रदान गरेका छन् । उनले आजै राष्ट्रत विद्यादेवी भण्डारीलाई भेट गर्ने कार्यक्रम छ । उनी शुक्रबार गोरखा र मनाङमा भारतको सहयोगमा निर्माण भएका घर र बौद्ध गुम्बा उद्घाटन गर्न जाने कार्यक्रम छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *