भारत सरकारद्वारा दुई हजार थान रेम्डेसिभिर इन्जेक्सन प्रदान

काठमाडौं । कोरोनाको उपचारका लागि भारत सरकारले नेपाललाई २ हजार थान रेमडेसिभिर इन्जेक्सन प्रदान गरेको छ । सिंहदरबारमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई रेमडेसिभिर इन्जेक्सन हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा श्रृंगलाले कोरोना रोकथाम र नियन्त्रणका लागि नेपाललाई सदैव सहयोग गर्ने बताए । विश्वका कतिपय देशहरुमा कोरोना भ्याक्सिनको परीक्षण भइरहेको भन्दै उनले भ्याक्सिन आमरुपमा उपलब्ध भए भारतले सवैभन्दा पहिले नेपाललाई प्रदान गर्ने उल्लेख गरे । उनले नेपाल र भारतको दुईपक्षीय सम्बन्ध सम्भयतासँग जोडिएको भन्दै थप प्रगाढ रुपमा सम्बन्ध अघि बढाउने जिकिर गरे ।

त्यस्तै परराष्ट्रमन्त्री ज्ञवालीले कोरोनालगायत अन्य जस्तोसुकै चूनौतिलाई परास्त गर्न पनि दुईदेश एक भएर अघि बढ्ने बताए । नेपाल भारतको सम्बन्ध समयअनुसार परिवर्तन गर्दै बलियो बनाउनुपर्ने उनले बताए । यसअघि बिहीबार नै मन्त्री ज्ञवालीसंग सचिव श्रृंगलाले शिष्टाचार भेटवार्ता गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *