USAID

थप १६१४ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु, १४३७ जना संक्रमणमुक्त


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १६१४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२७६४० पुगेको छ ।

त्यसैगरी थप १४३७ जना निको भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २०९४३५ पुगेको छ । त्यसैगरी कोरोना संक्रमणबाट बिहीबार थप २३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४१२ पुगेको छ । क्वारेन्टाइनमा ६८० जना रहेका छन् भने आइसोलेसनमा १६७९३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *