यो सरकारको नेतृत्व परिवर्तन गर्ने बेला होइनः संचारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सत्ताभित्रै जन्मिएका प्रतिपक्षीले सरकारप्रति भ्रम सिजर्ना गर्न खोजेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले आयोजना गरेको पुस्तक बिमोचन कार्यक्रममा मन्त्री गुरुङले प्रतिपक्षी कमजोर भएका बेला सत्तापक्षभित्र नै प्रतिपक्षी जन्मिएर सरकारप्रति भ्रम सिर्जना गर्न खोजेको आरोप लगाएका हुन् ।

उनले कोरोना महामारीका कारण मुलुक अप्ठेरोमा रहेका बेला सवै एकतावद्ध हुनुपर्नेमा आफ्नै पार्टीभित्रका केहि व्यक्तिहरु विरोधमा उत्रेका कारण खुलेर काम गर्न नसकेको गुनासो गरे ।

पार्टीभित्र सत्ता र शक्तिकै कारण विवाद भएको हो भने सरकारका मन्त्रीहरु त्याग गर्न तयार रहेको भन्दै मन्त्री गुरुङले अहिले नै प्रधानमन्त्री वा सरकारको नेतृत्व परिवर्तन गर्न भने नहुने तर्क गरे ।

अहिलको अवस्थामा बर्तमान सरकारलाई कांग्रेसले पनि समर्थन गरेकाले पार्टीभित्रकै गैर राजनीतिक गतिविधिबाट सजग रहनुपर्ने उनले बताए । कार्यक्रममा मन्त्री गुरुङले डाँडाको लाँकुरी र दोलखाली सर्जक पुस्तक बिमोचन गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *