- 4Shares
काठमाडौं । मकवानपुरको हेटौंडाकी ५७ वर्षीया एक महिलाको कोरोना संक्रमणबाट निधन भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई मंसिर ५ गते भरतपुर अस्पताल चितवनमा भर्ना भएकी उनलाई त्यही दिन कोभिड आइसियूमा राखी उपचार सुरु गरिएको थियो । तर उनको उपचारका क्रममा गएराति निधन भएको अस्पतालले जनाएको छ ।
- 4Shares