सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रिपरिषदद्वारा स्वीकृति

  • 2
    Shares

काठमाडौँ । सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रीपरिषद्ले स्वीकृति प्रदान गरेको छ । हिजो बसेको मन्त्रीपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो ।

भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका स्वीकृती प्रदान गर्न मन्त्रीपरिषद्मा प्रस्ताव पेश गरेकी थिइन् । आर्थिक वर्ष २०७५७६ बाट शुरु भएको सगरमाथाको उचाई मापन कार्य अहिले सम्पन्न भएर घोषणा गर्ने चरणमा आएपछि सरकारले सगरमाथाको औपचारिक रुपमा घोषणाको तयारी गरेको मन्त्री अर्यालले जानकारी दिन् । सरकारले पहिलोपटक आफ्नै स्रोतसाधानमा सगरमाथाको उचाई मापन गर्ने कार्य सम्पन्न भएको र अब आफैले नापेको सगरमाथाको उचाई औपचारिक रुपमा घोषणा गर्ने चरणमा आइपुगेको उनको भनाई छ ।’

मन्त्रीपरिषद्बारा स्वीकृति प्रदान भइसकेपछी अब केहीदिनमा कार्यक्रम बनाएर मन्त्रालयले औपचारिक रुपमा सगरमाथाको नयाँ उचाई घोषणा गर्नेछ ।


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *