पार्टीको विधान, नीति तथा सिद्धान्तलाई आत्मसात् गरे समस्याको समाधान हुन्छः वरिष्ठ नेता नेपाल

  • 3
    Shares

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको विधान, नीति तथा सिद्धान्तलाई आत्मसात् गर्दै अघि बढे विद्यमान सबै समस्याको समाधान निस्किने बताएका छन् ।

नेपाल निजामती कर्मचारी सङ्गठन पर्साको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै नेता नेपालले ठूलो बलिदानी र त्यागले निर्माण भई जनताको माझ स्थापित नेकपालाई कसैले चाहँदैमा कमजोर गर्न नसकिने बताए ।

उनले कर्मचारीको सरुवाबढुवामा देखिएका अनियमिता समाप्त पार्न गुणदोषका आधारमा मूल्याङ्कन गर्ने पद्धतिको विकास आवश्यक रहेको धारणा व्यक्त गरे । नेता नेपालले कोरोना सङ्क्रमणको जोखिम यथावत् रहेकाले मास्कको प्रयोग, भौतिक दूरीको पालना र स्वाथ्य सचेतता अपनाउन सबैलाई आग्रह गरे ।


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *