फिफा ‘द बेस्ट’ अवार्डको मनोनयन सार्वजाजिक, को को परे त?

प्रज्जवल थापा । विश्व फूटबलको सर्वोच्च निकाय फिफाले यस वर्षको बेस्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । फिफाले बुधबार सार्वजनिक गरेको पुरुष खेलाडीको मनोनयनमा ११ खेलाडी समावेश गरिएको छ ।

सन् २०१९ जुलाई २० देखि २०२० अक्टोबर ७ सम्मको प्रदर्शनको आधारमा खेलाडीको मनोनयन गरेको फिफाले जनाएको छ । मनोनयनमा परेका ११ खेलाडीहरुलाई फ्यान, खेल पत्रकार, राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकहरुले गरेको मतदानको आधारमा उत्कृष्ट ३ छानिनेछ । बेस्ट खेलाडीको घोषणा डिसेम्बर १७ मा जुरिचमा हुने फिफाले बताएको छ ।

गत वर्ष फिफा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जितेका थिए ।

फिफा उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा परेका खेलाडीहरुको नाम

थियागो अलकान्टारा (स्पेन, बायर्न म्युनिक/लिभरपुल)

क्रिष्टियानो रोनाल्डो (पोर्चुगल, युभेन्टस)

केभिन डि ब्रायन (बेल्जियम, म्यानचेस्टर सिटी)

रोबर्ट लेवान्डोस्की (पोल्यान्ड, बायर्न म्युनिक)

सडियो माने (सेनेगल, लिभरपुल)

केलियन एमबाप्पे (फ्रान्स, पिएसजी)

लियोनल मेस्सी (अर्जेन्टिना, बार्सिलोना)

नेमार (ब्राजिल, पिएसजी)

सर्जियो रामोस (स्पेन, रियल मड्रिड)

मोहम्मद सलाह (इजिप्ट, लिभरपुल)

भर्जिल भ्यान डाइक (नेदरल्यान्ड्स, लिभरपुल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *