USAID

कोरोना संक्रमणबाट विश्वमा एकैदिन ११ हजार भन्दा बढीको मृत्यु


गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म विश्वमा १४ लाख १४ हजार ६२१ जनाको मृत्यु भएको छ ।

चीनको हुवे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना संक्रमण पछिल्लो समय विश्वमा महामारीको रुपमा फैलिएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट विश्वभरी ११ हजार ६५२ जनाको मृत्यु भएको छ भने ५ लाख ३४ हजार ७० जना थप व्यक्ति कोरोना संक्रमित भएका छन् । यो सँगै विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ९९ हजार ७७१ पुगेको छ ।

संक्रमितमध्ये चार करोड १५ लाख ४९ हजार ९ सय ३४ जना संक्रमित कोरोनामुक्त भएका छन्। हाल विश्वमा एक करोड ७१ लाख ५३ हजारभन्दा बढी सक्रिय संक्रमित छन् भने १ लाख ३ हजार भन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

यस्तै, कोरोना संक्रमण सबैभन्दा बढी रहेको अमेरिकामा संक्रमित संख्या १ करोड २९ लाख ५५ हजार ७. पुगेको छ । संक्रमितमध्ये ७६ लाख ३६ हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ६५ हजार आठ सय ९१ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

त्यसैगरी, छिमेकी मुलुक भारतमा हालसम्म ९२ लाख २१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ८६ लाख ४१ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ३४ हजार सात सय ४३ पुगेको छ ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६१ लाख २१ हजार नाघेको छ भने १ लाख ७० हजार १७९ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५४ लाख ७६ हजार भन्दा बढी निको भएका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *