बैतडीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १० बुड्डामा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ना १ ज २१९६ नम्बरको जीप सडकबाट एक सय मिटर तल खसेर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटनामा परि बैतडीको दशरथचन्द नगरपालिका ५ बस्कोटकी पार्वती चन्द, पाटन नगरपालिका ५ की पार्वतीदेवी चन्द, भगिरथ पाण्डेय, दशरथचन्द नगरपालिका २ देहिमाडौंका कृष्ण लावड र सुनर्या गाउँपालिका ४ की कलावती चन्दको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । मृतक र घाइतेहरु सबै भारतीय बजार झुलाघाटबाट पेन्सन बुझेर फर्कदै थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *