USAID

पूर्वस्वीकृति नलिई कामदारको अन्तरवार्ता लिने म्यानपावरमा विभागको छापा, म्यानपावरमा दूतावासको गाडीसमेत भेटियो


काठमाडौं । वैदेशिक रोजगार विभागले पूर्व श्रमस्वीकृति नलिई कतार पठाउने भन्दै कामदारसँग अन्तर्वार्ता लिने म्यानपावर कम्पनीमा मंगलबार छापा मारेको छ ।

विभागको टोलीले लाजिम्पाटस्थित होप इन्टरनेसनलमा छापा मारेको हो । छापा मार्ने क्रममा नेपालस्थित विदेशी दूतावासको गाडी पनि म्यानपावर कम्पनी परिसरमै भेटिएको छ । विभागको टोली छापा मार्न आएको थाहा पाएपछि म्यानपावर सञ्चालक, कर्मचारी र दूतावासका अधिकारी कार्यालयभित्र लुकेका थिए ।

विभागले यसअघि सोमबार डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर कम्पनीमा पनि छापा मारी कागजपत्र जफत गरेको थियो । ती म्यानपावरमा ४ सयभन्दा बढी युवा अन्तरवार्तामा लागि आएको पाइएको थियो । म्यानपावर कम्पनीले श्रमिकको मागपत्र विदेशस्थित दूतावासबाट प्रमाणीकरण गराएर वैदेशिक रोजगार विभागबाट पूर्वश्रमस्वीकृति लिनुपर्ने प्रावधान छ ।

तर त्यसका लागि म्यानपावर कम्पनीले अन्तरवार्ताको मिति विभागलाई जानकारी गराउनुपर्छ । अहिले काठमाडौंमा विभिन्न म्यानपावरले ठगी गर्ने गरी पूर्वस्वीकृति नभएको श्रमिकको मागपत्रमा आधारित भएर अन्तरवार्ता चलाइरहेको पाइएको छ ।

यसरी पूर्वश्रमस्वीकृति नलिई अन्तरवार्ता लिन थालेको पाइएपछि विभागले छापा मार्न थालेको छ । यसरी श्रमस्वीकृति नलिई अन्तरवार्ता लिने कार्यमा नेपालीस्थित कतारी दूतावासका कर्मचारी संलग्न भएको विभागका एक अधिकारीले बताएका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *