सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँ घट्यो

काठमाडौं । सुनको मूल्यमा मंगलबार प्रतितोला एक हजार आठ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

सोमबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक हजार ८०० रुपैयाँले ओरालो लागेको हो । यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्यसमेत ओरालो लागेको छ । सोमबार चाँदी प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भएकामा आज प्रतितोला ३० रुपैयाँले ओरालो लागेर एक हजार १८० रुपैयाँमा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *