- 521Shares
प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको चौथो खेलमा अाज युभेन्टसलाई फेरेन्भारोसले आफ्नो चुनौती पेश गर्दै छ । खेल नेपाली समय अनुसार राती १:४५ बजे शुरु हुनेछ ।
एल्लिनाज रंगशालामा हुने खेल जितेको खण्डमा युभेन्टसले अन्तिम १६ मा आफ्नो स्थान लगभग पक्का गर्नेछ । फेरेन्भारोसले घरेलु लिगमा राम्रो प्रदर्शन गरेपनी च्याम्पियन्स लिगमा गतिलो प्रदर्शन गर्न सकेको छैन । हाल हङ्गेरियन टोली एक अङ्कको साथ तालिकाको पुछारमा छ । युभेन्टसविरुद्ध आजको खेल जित्न फेरेन्भारोसलाई जादुमय प्रदर्शन गर्न जरुरी छ ।
युभेन्टस शिर्ष स्थानमा रहेको बार्सिलोना भन्दा ३ अङ्कले पछि छ । स्टार फर्वार्ड क्रिस्ट्यानो रोनाल्डोले कोभिडको कारण लिगको पहिलो दुई खेल गुमाएका थिए । रोनाल्डोले यस सिजन च्याम्पियन्स लिगमा गोलको खाता खोल्न सकेका छैनन् । त्यसैले उनको लागि आजको खेल महत्त्वपूर्ण हुनेछ । दुई टोलीबिच नोभेम्बर ४ मा भएको भेटमा युभेन्टसले ४-१ गोलको सहज जित निकालेको थियो ।
खेलको प्रत्यक्ष प्रशारण भारतिय च्यानल सोनी टेनले गर्नेछ ।
- 521Shares