USAID

अक्सफर्डको खोपले ७० प्रतिशत सुरक्षा दिने


यूनिभर्सिटी अफ अक्सफर्डले कोरोनाभाइरसविरुद्ध बनाएको खोपले ७० प्रतिशत मानिसमा कोभिडको लक्षण बन्न नदिने एउटा ठूलो परीक्षणले देखाएको छ ।

यसअघि फाइजर र मोडर्ना कम्पनीले बनाएका दुई छुट्टाछुट्टै खोपले ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने घोषणा गरिएको थियो । तर ती दुई खोपभन्दा अक्सफर्डको खोप धेरै सस्तो हुने, सजिलै भण्डारण गर्न सकिने तथा संसारमा जहाँ पनि सहज रूपमा लैजान सकिने देखिएको छ ।

नियामक निकायबाट प्रयोग गर्न अनुमति प्राप्त भएमा यो खोपले कोरोनाभाइरसको महामारी नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । खोप विकासका लागि प्रायः एक दशक लाग्ने प्रक्रिया अक्सफर्डका वैज्ञाननिकहरूले १० महिनामा सम्पन्न गरेका थिए ।

आगामी साता वा महिनामा परीक्षणको अन्तिम चरणमा रहेका अन्य खोपको तथ्याङ्कहरू पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ । अन्य खोपहरू पनि तेस्रो चरणको परीक्षणमा रहेका छन् ।

क्यान्सिनो, चीन, गामालेया रिसर्च इन्स्टीट्यूट, रुस, जान्ससेन बेइजिङ् इन्स्टिट्यूट अफ बायोलजिकल प्रोडक्ट्स र सिनोफार्म, चीन, सिनोभाक र बुटानटान, ब्रजिल, वुहान इन्स्टिट्यूट अफ बायोलजिकल प्रोडक्ट्स र सिनोफार्म, चीन नोभाभाक्स, अमेरिकाका खोप परीक्षणको अन्तिम चरणमा छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *