USAID

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन


पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज) (पिएमएलएन) ले सोमबार विज्ञप्ति प्रकाशन गरी शरिफकी आमाको निधन भएको जानकारी दिएको हो ।

उनी ९० वर्षकी थिइन् । उनी केही समययतादेखि विरामी थिइन् र लन्डनको एक अस्पतालमा उपचार गराइरहेकी थिइन् । दलका उप सचिव अताउल्लाह तरारले बेगमको शव केही दिनमा उनको गृह नगर पाकिस्तानको लाहोर ल्याइँदै छ र अन्त्येष्टि गरिने भएको छ ।

पूर्व प्रधानमन्त्री शरिफ पनि हाल लन्डनमा नै उपचाररत छन् । उनलाई मिर्गौला र मुटुको रोग देखिएको छ । त्यसैले उनी पनि लन्डनमै उपचाररत छन् ।

छोरा विरामी भएर उपचार गराइरहेकोले आफ्नो छोरालाई भेट्नका लागि बेगम गत महिना लन्डन गएकी थिइन् । उनलाई देश बाहिर जान नहुने भनेर चिकित्सकले सुझाव दिएको भए पनि बेगम आफ्ना छोरा नवाज शरिफलाई भेट्नका लागि गत महिना लन्डन गएकी हुन् ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *