नाइजेरियामा बन्दुकधारी समूहद्वारा मस्जिदमा हमला गरी पाँच जनाको हत्या, १८ जना अपहरित

नाजेरियाको एक मस्जिदमा बन्दुकधारीहरुले हमला गरेका छन् । हमलामा परी कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताइएको छ ।

नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक मस्जिदमा केही बन्दुकधारीहरुले आक्रमण गरेका प्रहरीले आइतबार पुष्टि गरेको जनाइएको छ । आक्रमणपछि उनीहरुले अरु कम्तीमा पनि १८ जनालाई अपहरण गरेर लगेका छन् ।

नाइजेरियाको मोराउ स्थानीय सरकारको जाफिरा भन्ने स्थानको मस्जिदमा सो घटना भएकोे हो । मोटरसाइकलमा आएका अज्ञात बन्दुकधारीहरुले गाउँतर्फ फर्किएर पनि हवाई फायर गरेका थिए । उनीहरुले मस्जिदमा हमला गरे पछि उनीहरु सँगै आएको बसमा १८ जनालाई लगेर गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *