काभ्रेको बनेपाबाट चन्दका समूहका जिल्ला नेता पक्राउ

बनेपा । नेत्रविक्रम चन्द समूहका जिल्ला नेता बुद्धलाल लामांलाई काभ्रेपलाञ्चोक प्रहरीले आइतबार गिरफ्तार गरेको छ । रोशी गाउँपालिका–६ का लामालाई प्रहरीले अपराह्न बनेपाबाट पक्राउ गरेको हो ।

लामालाई हिरासतमा राखिएको तथा सोमबार म्याद थप गरी थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिए । यसअघि गत कात्तिक २६ गते चन्द नेतृत्वकै अर्का जिल्ला सदस्य मधुसूदन बजगाईंलाई जिल्लास्थित व्यापारी–उद्योगीलाई फोनमार्फत धाकधम्की दिई जर्बजस्ती चन्दा असुल्ने गरेको सूचनाका आधारमा काभ्रेपलाञ्चोक प्रहरीले पक्रेको थियो ।

बजगाईँलाई प्रहरीले मुलुकी अपराध, २०७४ को परिच्छेद–५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसूरअन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने कसूर शीर्षकमा मुद्दा दर्ता गरेको छ । लामालाई पनि सोही प्रकृतिको मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *