महात्मा गान्धीको घडी १२ हजार पाउन्डमा बिक्री

  • 4
    Shares

कुनै समय महात्मा गान्धीले लगाएको घडी १२ हजार पाउन्डमा बिक्री भएको छ । चाँदीको जलप भएको स्वीस घडी अहिले घडीको स्वामित्व भएका व्यक्तिको हजुरबुवालाई गान्धीले सन् १९४४ मा उनको समर्पणका लागि धन्यवाद स्वरूप दिएका थिए । लिलामीकर्ता एन्ड्र्यू स्टोले शुक्रवार इस्ट ब्रिस्टल अक्सनमा १० हजार पाउन्ड प्राप्त गर्ने आशा राखेका थिए ।

स्टोका अनुसार घडी किन्ने व्यक्ति अमेरिकाका एकजना निजी सङ्कलक हुन् । यसअघि गान्धीले लगाएको ठानिएको चस्माको लिलामी भएको थियो । गत अगस्टमा लिलामी भएको उक्त चस्मा २ लाख ६० हजार पाउन्डमा बिक्री भएको थियो ।

स्टोले विगतका केही महिना रफ्तारपूर्ण भएको र घडीको बिक्री अर्को राम्रो परिणाम भएको बताए । उक्त घडी कुनै बेला गान्धीका समर्थक रहेका सिकर्मी मोहनलाल शर्माको थियो ।

सन् १९३६ मा, उनी नागरिक अधिकारवादी नेता गान्धीलाई भेट्न र उनलाई सघाउन गएका थिए । त्यतिबेला उनको समर्पणका लागि धन्यवादस्वरूप गान्धीले सन् १९४४ मा आफ्नो घडी दिएका थिए ।


  • 4
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *