सुनको मूल्य तोलामा तीन सय रुपैयाँले वृद्धि

  • 2
    Shares

काठमाडौं । सुनको मूल्यमा आइतबार सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ३०० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार पहेँलो धातु प्रतितोला ९४ हजार रुपैयाँमा कारोवार भएकामा आज ९४ हजार ३०० रुपैयाँ पुगेको छ ।

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोवार भएकामा आज ९३ हजार ८०० रुपैयाँमा कारोवार भएको छ । यस्तै चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार २१० रुपैयाँमा कारोवार भएको छ ।


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *