नेपालगन्जमा दुई कोरोना संक्रमितको मृत्यु


बांके । बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार गराउन आएका दाङका दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, घोराही उपमहानगरपालिका– ९, वनगाउँका ६७ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका– ९, बेलुवाका ६८ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको छ ।

केही समयदेखि उच्च रक्तचापको समस्या रहेका घोराहीका ६७ वर्षीय पुरुषलाई स्वास्थ्यमा समस्या आएपछि कात्तिक २५ गते राप्ती स्वास्थ्य विज्ञान, प्रतिष्ठानमा स्वाव जाँच गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *