विश्वमा कोरोना संक्रमणबाट १३ लाख ८६ हजार भन्दा बढीको मृत्यु

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ४ करोड ४ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ५९ हजारभन्दा बढी संक्रमणमुक्त भएसँगै हालसम्म ४ करोड ४ लाख ६४ हजार ३७७ जना संक्रमणमुक्त भएका हुन् ।

पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ८४ हजार भन्दाबढीमा संक्रमण भएको छ भने १० हजार ८ सय भन्दाबढीको मृत्यु भएको छ । युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ३ हजार ८९८ जनाको मृत्यु भएको छ । यससँगै, कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख ८६ हजार ३३४ पुगेको छ भने कोरोना संक्रमितको कुल संख्या ५ करोड ८४ लाख ८७ हजार ७५५ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ६६ लाख ३७ हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने १ लाख २ हजार भन्दाबढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १ करोड २४ लाख ५० हजार ६ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई लाख ६१ हजार ७ सय बढीको मृत्यु भएको छ भने ७४ लाख ३ हजार भन्दा बढी निको भएका छन् ।

त्यसैगरी, भारतमा सक्रमितको संख्या ९० लाख ९५ हजार ९०८ पुगेको छ । केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ४९९ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये एक लाख ३३ हजार बढीको मृत्यु भइसकेको छ भने हालसम्म ८५ लाख २० हजार बढी निको भइसकेका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६० लाख ५२ हजार नाघेको छ भने १ लाख ६९ हजार १६ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५४ लाख २९ हजार भन्दा बढी निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *