डर्टमण्डको जितमा हालान्डको चार गोल

  • 34
    Shares

प्रज्जवल थापा । युवा खेलाडी एर्लिङ ब्राउट हालान्डले चार गोल गरेपछी डर्टमण्डले बुन्डेसलिगामा फराकिलो जित निकालेको छ । शनिबार राती भएको खेलमा डर्टमण्डले हेर्थालाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

डर्टमण्डको जितमा हालान्डले चार गोल गर्दा एक गोल राफायल गुरेइरोले गरे । हर्थाका लागि दुवै गोल म्याथुयस कुन्हाले गरे । खेलमा अग्रता भने घरेलु टोलीले लिएको थियो । खेलको ३३ औँ मिनेटमा लुकेबाकिओको पासमा म्याथुयस कुन्हाले गोल गर्दै हेर्थालाई खेलमा अगाडी बढाएका थिए ।

पहिलो हाफमा एक गोलले पछि परेको डर्टमण्डले दोस्रो हाफमा ५ गोल गर्यो । ४७ औँ मिनेटमा एम्रे कानको पासमा हालान्डले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काएका थिए । ४९ औँ मिनेटमा ब्रानड्टको पासमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई खेलमा अग्रता दिलाए । ६२ औँ मिनेटमा हालान्डले ह्याट्रिक पूरा गर्दा पाहुना टोलीले खेलमा ३-१ गोलको अग्रता लिएको थियो ।

७० औँ मिनेटमा राफायल गुरेइरोले गोल गर्दै डर्टमण्डलाई फराकिलो जिततर्फ अग्रसर गराए । ७९ औँ मिनेटमा म्याथुयस कुन्हाले पेनाल्टीमा गोल गर्दै हेर्थालाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर एक मिनेट बित्न नपाउदै बेल्लिङ्हामको पासमा हालान्डले व्यक्तिगत चौथोँ गोल गर्दै डर्टमण्डलाई फराकिलो जित दिलाए ।

जितसँगै डर्टमण्ड ८ खेलमा १८ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । शिर्ष स्थानमा रहेको बार्यन म्युनिख शनिबार छिटो गरि सम्पन्न खेलमा वेर्डेर ब्रेमेनसँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।


  • 34
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *