वीरेन्द्रको निजी निवास ‘श्री सदन’ अवलोकनका लागि खुल्ला

काठमाडौं । नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ अवलोकनका लागि खुल्ला गरिएको छ । शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला भएको औपचारिक शुभारम्भ गरेका हुन् ।

योसँगै आइतबारबाट सर्वसाधारणले अवलोकन गर्न पाउने नारायणहिटी दरबार संग्रहालयले जनाएको छ । राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुति र छोरा नीराजन श्री सदनमा बस्ने गर्दथे । २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नास भएदेखि श्री सदन बन्द थियो ।

२०७७ वैशाख १ गतेको नयाँ वर्षको दिनदेखि श्री सदन खुला गर्ने योजना भएपनि कोरोना संक्रमण र बन्दाबन्दीका कारण पछि धकेलिएको थियो । ‘श्री सदन’ अवलोकनका लागि खुल्ला गर्दै मन्त्री भट्टराईले ‘श्री सदन’ सर्वसाधारणको अवलोकनका लागि खोलिनु महत्वपूर्ण भएको बताए । २०२३ सालमा बनेको ‘श्री सदन’ तीन तले भवनमा १२ वटा कोठा छन् ।

भुइँतलामा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको निजी कार्यालय थियो । सदनको मोटर ग्यारेजमा हिटलरले वीरेन्द्रलाई उपहारस्वरुप दिएको गाडी राखिएको छ । यसैगरी तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी पनि अवलोकन गर्न पाइने छ ।

त्यहाँ दीपेन्द्र, श्रुती र निराजनका खेलौना गाडीहरु पनि राखिएका छन् । वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाईजहाज पनि अवलोकन गर्न पाइने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *