प्रिमियर लिगमा टोटेन्हाम र म्यान्चेस्टर सिटी भिड्दै

  • 2
    Shares

प्रज्जवल थापा । प्रिमियर लिगका दुई ठूला क्लब टोटेन्हाम र म्यान्चेस्टर सिटी भिड्दै छन् । खेल नेपाली समय अनुसार आज राति ११ः१५ बजे शुरु हुँदैछ ।

टोटेन्हाम रंगशालामा हुने खेल जितेको खण्डमा घरेलु टोली लिगको शीर्ष स्थानमा उक्लिनेछ । टोटेन्हाम हाल ८ खेलमा १७ अङ्क जोड्दै दोस्रो स्थानमा छ । सिटीलाई स्पर्सको आक्रमण रोक्न भने गार्हो पर्न सक्छ । ह्यारी केन र ह्युङ मीन सन अहिले उच्च फर्ममा छन् । प्रिमियर लिगमा सनले ८ र केनले ७ गोल गरिसकेका छन् ।

म्यान्चेस्टर सिटीपनि स्पर्सलाई पराजित गर्दै लिगमा आफ्नो स्थान सुधार गर्न चाहन्छ । सिटी ७ खेलमा ११ अङ्क जोड्दै दसौँ स्थानमा छ । म्यान्चेस्टर सिटी पछिल्लो ९ खेलमा अपराजित रहेको छ । फेब्रुअरीमा भएको पछिल्लो भेटमा टोटेन्हाम २-० गोलले विजयी भएको थियो । दुई टोलीबीच भएको पछिल्लो २३ भेटमा सिटी १४ खेलमा विजयी हुँदा टोटेन्हामले ६ खेल जितेको छ । ३ खेल भने बराबरीमा सकिएको थियो ।


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *