विश्वमा एक लाख भन्दाबढी कोरोना संक्रमितको अवस्था गम्भीर

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ९७ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ६९ हजारभन्दा बढी संक्रमणमुक्त भएसँगै हालसम्म ३ करोड ९७ लाख १९ हजार ५४२ जना संक्रमणमुक्त भएका हुन् ।

पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ६९ हजार भन्दाबढी संक्रमण भएको छ भने १० हजार ८ सय भन्दाबढीको मृत्यु भएको छ । यससँगै, कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख ६५ हजार ४६१ पुगेको छ भने कोरोना संक्रमितको कुल संख्या ५ करोड ७२ लाख २८ हजार १०६ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ६१ लाख ४३ हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने १ लाख भन्दाबढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १ कारोड २० लाख ७० हजार ७ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी १ लाख ८७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने २०११ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये दुई लाख ५८ हजार ३ सय बढीको मृत्यु भएको छ भने ७२ लाख ४३ हजार भन्दा बढी निको भएका छन् ।

त्यसैगरी, भारतमा सक्रमितको संख्या ९० लाख ४ हजार नाघेको छ । केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४६ हजार १८२ जनामा संक्रमण पुष्टि भएको छ भने ५८४ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये एक लाख ३२ हजार बढीको मृत्यु भइसकेको छ भने हालसम्म ८४ लाख २७ हजार बढी निको भइसकेका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५९ लाख ८३ हजार नाघेको छ भने १ लाख ६८ हजार १४१जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५४ लाख ७ हजार भन्दा बढी निको भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *