यसवर्षको तिहारमा १३ करोड ९५ लाख रुपैयाँ बराबरको फूलको मालाको कारोबार

काठमाडौं । यस वर्षको तिहारमा १३ करोड ९५ लाख रुपैयाँ बराबरको फूलको माला खरिद बिक्री भएको छ । अघिल्लो वर्षको तुलनामा मालाको कारोबारमा ३६ प्रतिशतले घटेपनि कोरोना महामारीकै बीचमा पनि व्यवसायीले अपेक्षा गरेभन्दा निकै राम्रो कारोबार भएको नेपाल फ्लोरी कल्चर एशोसिएसन नेपालले जानकारी दिएको छ । तिहारमा ११ करोड ७० लाख रुपैयाँ बराबरको १३ लाख थान सयपत्रीको माला बिक्री भएको एशोसिएसनको जनाएको छ ।

सयपत्रीको माला औसत ९० रुपैयाँ प्रतिगोटामा बिक्री भएको थियो । यस्तै नेपाल भित्रै एक करोड ८० लाख रुपैयाँ बराबरको तीन लाख गोटा मखमलीको माला यस अवधिमा बिक्री भएको जनाइएको छ । मखमलीको मालाको प्रतिगोटा औसत मूल्य ६० रुपैयाँमा रहेको थियो ।
त्यस्तै तिहारमा नेपालबाट ४५ लाख रुपैयाँ बराबरको एक लाख ५० हजार थान मखमलीको माला निर्यात भएको पनि एशोसिएसनले जनाएको छ ।

यो तिहारमा सबैभन्दा धेरै मालाको कारोबार बागमती प्रदेशमा ८ करोड १० लाख रुपैयाँ बराबरको फूलको मालाको कारोबार हुँदा कर्णाली प्रदेशमा सबै भन्दा कम ४० लाख ५० हजार रुपैयाँ बराबरको माला खरिद बिक्री भएको एशोसिएसनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *