पोथी खोज्न हिडेको बाघ तीन हजार किमी हिंडेर फर्कियो

  • 3
    Shares

 

नयाँदिल्ली । भारतमा तीन हजार किलोमिटर दूरी हिंडेर एउटा बाघ आफु बस्ने आरक्षणमा फर्केको छ । आरक्षणको एक मात्र बाघले यति लामो दूरी हिंडेर किर्तिमान समेत खडा गरेको छ । पश्चिमी राज्य महाराष्ट्र स्थित बन्यजन्तु आरक्षणमा रहेको साढे तीन वर्षिय बाघलाई त्यहाँका कर्मचारीहरुले मायाले ‘ वाकर ’ भनेर बोलाउने गर्छन् ।
संभवत आफ्नो पोथी जोडीको खोजिमा उसले गत वर्षको जुनमा सो आरक्षण छाडेको थियो । गर्धनमा रेडियो जडान गरिएको वाकर महाराष्ट्रका सातवटा जिल्ला र छिमेकी तेलंगना राज्य पार गरेर त्यहाँ आइपुगेको हो । नौ महिना लगाएर गत मार्चमा वाकर पुरानो आरक्षणमा फर्कन सफल भएको हो ।
दुई सय पचास वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको डिभाँगाना आरक्षणमा चितुवा , निलो साँढे , जंगली भालु , मृग लगायत थुप्रै लोपोन्मुख जनावर तथा पन्छि रहेका छन् । अहिले आरक्षणका कर्मचारीहरुले वाकरका लागि एउटा बघिनीको व्यवस्थागर्नेबारे सोचिरहेका छन् ।

 


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *