कोरोना संक्रमणबाट विश्वमा एकैदिन १० हजार ५ सयभन्दा बढीको मृत्यु

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख ४३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप १० हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ । एकैदिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ लाख ४३ हजार १५३ पुगेको छ । दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार २ सय जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ४६ हजार ६ सयभन्दा बढी संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ५ करोड ५९ लाख ४० हजार १३० पुगेको छ । संक्रमितमध्ये ३ करोड ८९ लाख ६० हजार ३७६ जना संक्रमण मुक्त भएका छन् ।

संक्रमितमध्ये एक करोड ५६ लाख ३६ हजार बढी उपचाररत छन् भने १ लाख भन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

यस्तै, अमेरिकामा संक्रमितको संख्या १ करोड १६ लाख ९५ हजार ७११ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ५४ हजार २५५ पुगेको छ भने अहिलेसम्म ७० लाख ८७ हजार ७९६ जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी, भारतमा हालसम्म ८९ लाख १२ हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख ३१ हजार बढीको मृत्यु भइसकेको छ भने हालसम्म ८३ लाख ३३ हजार बढी निको भइसकेका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५९ लाख ११ हजार नाघेको छ भने १ लाख ६६ हजार ७४३ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५३ लाख ६१ हजार भन्दा बढी निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *