रेडक्रसले भन्यो-जलवायु परिवर्तन कोभिडभन्दा कडा चुनौती

रेडक्रस सोसाइटीले विश्वले जलवायु परिवर्तन समस्यासँग जुझ्न कोरोनाभाइरस माहामारीलाई जस्तै महत्व दिएर काम गर्नुपर्ने चेतावनी दिएको छ । विश्वलाई कोभिड–१९ सङ्क्रमणको महामारीलेभन्दा विश्वव्यापी तापक्रम वृद्धिले ठूलो चुनौती दिएको रेडक्रसले बताएको हो ।

‘अहिले कोरोना भाइरसको महामारी भएपनि जलवायु परिवर्तनले पार्ने प्रभाव रोकिएका छैनन्,’ रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघद्वारा जारी नयाँ रिपोर्टमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनले गत मार्चमा कोभिड–१९ का कारण विश्वव्यापी महामारीको घोषणा गरेको थियो ।

सन् १९६० पछिका विश्वव्यापी विनासका करिब १०० घटनाहरू भएका र तिमध्ये जलवायु परिवर्तनसँग सम्बन्धित रहेका छन् । ती सङ्कटका कारण पाँच करोड मानिस प्रभावित बनेका छन् ।

आइएफआरसीका महासचिव जागन चापागाईंले ‘भर्चुअल प्रेस कन्फरेन्स’मा भने, ‘पक्कै पनि, अहिले कोभिड–१९ को महामारीले विश्व आक्रान्त बनेको छ । यो समस्या हाम्रो सामुन्नेमा छ । यसले हाम्र परिवार तथा आफन्तहरूलाई प्रभावित तुल्याएको छ ।’

विश्वले हाल सामना गरेको महामारीको समस्या निकै गम्भीर रहेको भन्दै उनले यसका कारण १३ लाख भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको बताए ।

आइएफआरसीका विज्ञहरूले मानव जीवन र पृथ्वीमा थप खतरनाक मध्यम तथा दीर्घकालीन असर जलवायु परिवर्तनका कारण आउने देखेका छन् । उनले विश्वले आगामी दशकहरूलाई जलवायु परिवर्तन नियन्त्रणका लागि सदुपयोग गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *