काठमाडौं । वैदेशिक रोजगार बोर्डको सचिवालयद्वारा संचालित कल सेन्टर स्थगित भएको छ । कल सेन्टरको सेवा स्तरोन्नतिको काम भइरहेकाले मंसिर एक गतेदेखि अनिश्चिकालका लागि स्थगित भएको बोर्डले जनाएको छ ।
कल सेन्टरले वैदेशिक रोजगारीमा गइ समस्यामा परेका श्रमिकको गुनासो सम्बोधन तथा श्रम मन्त्रालय र मन्त्रालय मातहतका निकायका सम्बन्धमा जानकारी प्रवाह गर्न भूमिका खेल्दै आएको थियो ।