USAID

विश्वमा ९९ हजार कोरोना संक्रमितको अवस्था गम्भीर


विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख ३२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ७ हजार ७ सयभन्दा बढीको मृत्यु भएसँगै मृतकको संख्या १३ लाख ३२ हजार ८० पुगेको हो ।

कोरोना भाइरसबाट हालसम्म विश्वभर पाँच करोड ५३ लाख ४४ हजार ६६० जना संक्रमण भएका छन्। पछिल्लो २४ घण्टामा ४ लाख ९५ हजार जना नयाँ संक्रमित थपिएका छन्।

हालसम्म ३ करोड ८४ लाख ८९ हजार ५१९ जना कोरोनामुक्त भएका छन् । संक्रमितमध्ये एक करोड ५५ लाख २३ हजार बढी उपचाररत छन् भने ९९ हजार ७ सय बढीको अवस्था गम्भीर रहेको छ ।

यस्तै, अमेरिकामा कोरोना भाइरसको संक्रमण झन् झन् बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा १ लाख ६२ हजार १४९ संक्रमित थपिएसंगै संक्रमितको संख्या १ करोड १५ लाख ३८ हजार ५७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७३९ जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ५२ हजार ६५१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७० लाख १९ हजार ३०४ जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी, भारतमा हालसम्म ८८ लाख ७४ हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको । संक्रमितमध्ये एक लाख ३० हजार ५ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ८२ लाख ८८ हजार बढी निको भइसकेका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५८ लाख ७६ हजार नाघेको छ भने १ लाख ६६ हजार ६७ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५३ लाख २२ हजार भन्दा बढी निको भएका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *