USAID

थप ११९७ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११९७ जनाामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २१०९७३ पुगेको छ ।

त्यसैगरी सोमबार थप २९३४ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या १७६३६४ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२३० पुगेको छ । क्वारेन्टाइनमा १०१३ जना छन् भने आइसोलेसनमा ३३३७९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *