विश्वमा तीन करोड ८१ लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ८१ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । कूल सङ्क्रमितमध्ये ३ करोड ८१ लाख ३६ हजारभन्दाबढी मानिस संक्रमणमुक्त भएका छन् भने करिब १ करोड ५३ लाख ४९ हजार ९ सय भन्दा बढी सक्रिय सङ्क्रमित छन् । संक्रमितमध्ये ९८ हजार ८ सय भन्दाबढीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यस्तै, कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या विश्वभर ५ करोड ४८ लाख १० हजार ३१६ पुगेको छ । कारोनाभाइरस सङ्क्रमणबाट हालसम्म १३ लाख २४ हजार ३२० जनाले ज्यान गुमाएका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १ करोड १३ लाख ६६ हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई लाख ५१ हजार ८ सय भन्दा बढीको मृत्यु भएको छ भने ६९ लाख ३५ हजार भन्दा बढी निको भएका छन् ।

त्यसैगरी, भारतमा हालसम्म ८८ लाख ४५ हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख ३० हजार बढीको मृत्यु भइसकेको छ भने हालसम्म ८२ लाख ४७ हजार बढी निको भइसकेका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५८ लाख ६३ हजार ९३ पुगेको छ भने १ लाख ६५ हजार ८११ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५२ लाख ९१ हजार ५ सय भन्दा बढी निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *